Search

बेलायतको गुल्मेली भेला आइतबार, यस वर्ष सहभागिता बढ्ने अपेक्षा

बेलायतको गुल्मेली भेला आइतबार, यस वर्ष सहभागिता बढ्ने अपेक्षा

लन्डन-बेलायतवासी गुल्मेलीहरुको वार्षिक भेला तथा समर कार्यक्रम आइतबार फार्नबरोमा आयोजना हुँदैछ। 

कोभिडका कारण विगत दुई वर्ष रोकिएर अहिले हुन लागेको कार्यक्रमको तयारी पूरा भइसकेको समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भन्डारीले बताइन्। 

कार्यक्रममा सहभागिता पहिलाको तुलनामा झन् बढी हुने अपेक्षा आयोजकको छ। कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डन, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रबाट कोचहरु रिजर्भ गरेर गुल्मेलीहरु आउने तयारी छ।  

फार्नबरोको स्यामुएल कोडी स्कुलमा बिहान ११ देखि ८ बजेसम्म कार्यक्रम तय छ। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहनेछन्। 

त्यस अवसरमा यतिबेला बेलायतमा रहेकी गुल्मेली गायिका शन्तिरानी परियारले विशेष प्रस्तुति दिनेछन्। त्यस्तै, प्रथम नौमती बाजा गुल्मी यूके समूहको पञ्चेबाजाका साथै गुल्मेली झ्याउरे, सालैजो, तीजगीतमा नाचगान, गुल्मेली भजन, अन्य स्थानीय कलाकारका प्रस्तुति पनि रहनेछन् ।  

सो अवसरमा आकर्षक पुरस्कारसहितको राफल ड्र, नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायत कार्यक्रम पनि छन्।

समाजका अध्यक्ष वीर बलालले गुल्मेली भेलामा बेलायतवासी गैरगुल्मेली नेपालीहरुको पनि सहभागिता आशा गरिएको बताए। 

‘बेलायतका गुल्मेली तथा गैरगुल्मेली सबै नेपालीबीच आत्मियता, भाइचारा बढाउने, कला र संस्कृति प्रवर्द्धन् गर्ने कार्यक्रमको उद्धेश्य छ’, म सबैलाई सहभागी हुन अपिल गर्दछु’, अध्यक्ष बलालले आग्रह गरेका छन्।  

Related posts