Search

गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

लन्डन– विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साउथइष्ट लन्डनको चाल्र्टनस्थित फुटबल क्लवमा भएको साधारणसभाको उदघाटन संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम र वर्तमान अध्यक्ष राम गलामीले संयुक्तरुपमा गर्नुभयो ।

समाजका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गर्नुभएको थियो । उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम तथा सल्लाहकारहरु रणबहादुर केसी र मोती भण्डारीले समाजको विगत र वर्तमानबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा महासचिव शिव भण्डारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा वार्षिक भेला लगायतका विभिन्न कार्यक्रमको तयारी सहितका विभिन्न विषयमा छलफल भयो । सो वार्षिक भेलाका लागि नेपालबाट राष्ट्रिय स्तरमा चर्चित गुल्मेली कलाकारद्वय सुशीला गौतम र बैकुण्ठ महतलाई आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।

साधारणसभामा समाजका लागि प्रथम नौमती बाजा गुल्मीको तर्फबाट २२५ पाउण्ड हस्तान्तरण गरिएको थियो । नौमती बाजाका अध्यक्षसमेत रहेका संस्थापक अध्यक्ष ओम थापा काउचाले गुल्मी जिल्ला समाज यूकेलाई सो रकम हस्तान्तरण गर्नुभयो ।


कार्यक्रमको सुरुमै समाजका सल्लाहकार केशव भण्डारीकी आमा ९५ वर्षीया कौशल्यादेवी भण्डारी निधनप्रति शोक व्यक्त गर्दै मौनधारण गरिएको थियो ।

साधारणसभामा भोजनको प्रायोजन रोमनाथ पाण्डेले गर्नुभएको थियो ।

Related posts