Search

मिर्गौला रोगले पीडित रानालाई युकेबाट आर्थिक सहयोग

मिर्गौला रोगले पीडित रानालाई युकेबाट आर्थिक सहयोग

३० फागुन, काठमाडौं । मृगौला रोगले पीडित गुल्मीका भुक्त बहादुर (लक्ष्मण) रानालाई गुल्मी समाज युकेले आर्थिक सहयोग गरेको छ ।

गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २,८६,९५५ (दुई लाख छ्यासी हजार नौ सय पचपन्न रुपैयाँ) ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा आयोजित एक र कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) र रेडियोका स्टेशन म्यानेजर तथा नेटवर्क डाइरेक्टर विनोदध्वज खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

१७ वर्षको उमेरमै दुबै मिर्गौला फेल भएका गुल्मी चन्द्रकोट शान्तिपुरका राना हाल टिचिङमा उपचार गराइरहेका छन् । गत पुसमा एक्कासी बान्ता हुने, हातखुट्टा सुन्निने र दम समेत आएपछि चितवन मेडिकल कलेजमा उपचार गराउन आएका थिए । त्यहाँ १३ दिनको उपचारमा यहि रोग भन्ने पत्ता नलागेपछि मेडिकल कलेजले कलंकीको निदान अस्पतल र निदानले सुमेरुमा पठाएको थियो । सुमेरुमा उपचार गराउने क्रममा उनको दुवै मिर्गौला विग्रिएको थाहा भएको उनका बुबा देउ बहादुर रानाले बताए ।

चितवन मेडिकल कलेज र सुमेरुमा उपचार गराउँदा झण्डै ७ लाख खर्च गरिसकेका उनीहरु २ हप्तादेखि टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन् ।

‘ जग्गा जमिने बेचेर घरबाट ल्याएको पैसा सबै सकियो,’ विरामीका बुबा देउमानले भने, ‘अब साथीभाई र इष्टमित्रको भरोसा हो, उहाँहरुको सहयोग भएमा मेरो छोराको ज्यान बचाउन सकिने थियो ।’ उनीहरुलाई हाल हङकङ, कतार, मलेसिया लगायतका देशमा रहेका शुभचिन्तकहरुले आर्थिक सहयोग पठाइरहेको बताए ।

भैरहवामा बसेर कोरियाका जानका लागि भाषा परीक्षाको तयारी गरिरहेका उनलाई एक्कासी यस्तो समस्या देखिएपछि उपचारका लागि भरतपुरको चितवन मेडिकल अस्पताल हुँदै सुमेरुमा ल्याइएको थियो ।

नख्खीपोटमा एउटा कोठा भाडामा लिएर छोराको उपचार गराउँदै आएका ६५ वर्षे देउमान आफैले छोरालाई किड्नी दिन लागेको बताए । ‘मेरो किड्नी मिल्छ की मिल्दैन भनेर टेष्ट भइरहेको छ । मिल्यो भने मेरै दिन्छु ।’ गहभरी आँसु बनाउँदै देउमानले सुनाए ।

हाल उनीहरुले हप्ताको दुईपटक सुमेरुमै डाइलोसिस गराउँदै आएका छन् । डाइलोसिसको सुरुमा ३ हजार तिरेको बताएका उनीहरुले २ हप्तादेखि भने सुमेरुले निःशुल्क डाइलोसिस गरिदिएको पनि बताए । तर, अबको उपचार टिचिङमै हुने र डाक्टरको सल्लाह लिइरहेको उनीहरुले बताए ।

रानाको जीवन बचाउ अभियानका लागि बिश्वभरीका गुल्मेलीहरूको तिब्र पहल भई राखेको छ । जसमा बिश्व हङ्गकङ्गबाट होम बहादुर श्रीस, अमेरीकाबाट राम थापा, युएईबाट बिष्नु श्रीस, साउदीबाट बम राना, फिनल्याण्डबाट सन्जु काउचा, बेल्जियमबाट बलाराम पुन, अष्ट्रेलियाबाट सदर गलामी, मलेशियाबाट नन्द राना, ओम राना कÞतार र उनका आफन्त स्वर्गीय भक्त बहादुर पुन रेमीका छोराछोरीहरू युके तथा हङ्गकङ्गबाट श्रीमती मैना थापा र बिभीन्न देशबाट बिशेष आफन्त र गुल्मेलीहरू साथै गैर गुल्मेलीहरूसँग स्वेच्छाले यस कार्यको निम्ती रकÞम संकलन भएको पनि बेलायतका संयोजक ओम थापाले जानकारी गराए ।
त्यस्तैे बिगतमा पनि यस्ता सहयोग कामहरु गर्दै आएको थापाले बताए । यस्ता समस्या र माग धेरै आउछन् । सबैलाई सहयोग गर्नु सकिदैन् तर एकदमै गरीव र भविष्यका कर्णधारहरू जुन सहयोगले समाजमा पनि मद्दत दिने जस्ताका लागि यस्ता पहल गरी दोस्रो जविन दिन अपील पनि थापा%B

Related posts