Search

गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन: टोप पल्ली

२० बैशाख, युके । गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन टोप पल्ली चयन भएका छन् । आइतबार भर्चुहल माध्यमबाट सम्पन्न समाजको आठौं बार्षिक साधारणसभाले विश्वव्यापी कोरोना माहामारीको असहज स्थितिलाई ध्यान दिँदै टोप पल्लीकै नेतृत्वमा कार्यसमितिको अवधि एकवर्ष बढाएको हो । समाजका उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत मन्तव्य, महासचिव वीर वलालको संचालन तथा दुईवर्षे कार्यकालको प्रगति विवरण पेश, प्रवक्ता रुद्र थापा र सचिव... Read More

गुल्मी जिल्ला समाज यूके टोप पल्लीकै नेतृत्वमा थप एक वर्ष

लन्डन । गुल्मी जिल्ला समाज यूकेको आठौं वार्षिक साधारणसभाले वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ । कोभिड महामारीका कारण टोप पल्ली नेतृत्वको कार्यसमितिलाई नै एक वर्ष निरन्तरता दिने निर्णय भएको हो । आइतबार आयोजित भर्चुअल कार्यक्रममा अर्को वर्ष मात्रै नयाँ नेतृत्व चयन गरिने बताइएको छ । जिम्मेवारी थपिएपछि अध्यक्ष टोप पल्लीले सबैप्रति धन्यवाद ब्यक्त गरेका छन्।... Read More

महामारीकै बीच बेलायतका गुल्मेलीको अपांगता दिवस च्यारिटी, जुटाइयो ४ लाख

लण्डन । विगत एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसर पारेर वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रमले महामारीकैबीच पनि निरन्तरता पाएको छ । आइतबार भर्चुअल रुपमा गरिएको दशौं अपांगता दिवस च्यारिटी कार्यक्रमबाट २७ सय पाउण्ड (४ लाख रुपिया बढी) को कोष जुटिसकेको कोषाध्यक्ष वरुण भण्डारीले बताए । संकलित कोषबाट केही रकम विगतमा जस्तै तम्घासस्थित आशा अपांग केन्द्रलाई प्रदान... Read More

प्रोजेक्टमा बेलायतका गुल्मेलीको साढे १३ हजार पाउन्ड योगदान

लन्डन । बेलायतको अल्डरसटमा निर्माण हुन लागेको प्रथम भीसी विजेता हवल्दार कुलवीर थापामगरको शालिकका लागि बेलायतबासी गुल्मेलीहरुले उल्लेख्य आर्थिक योगदान गरेका छन्  ।   बेलायतस्थित गुल्मेलीहरुका विभिन्न संघसंस्था, समुदाय र व्यक्तिगत तवरबाट समेत गरी शालिक निर्माणका लागि करिब साढे १३ हजार पाउन्ड सहयोग गरिएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवम् गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए ।   बेलायतका गुल्मेलीहरुको संस्था... Read More

गुल्मी जिल्ला समाज यूकेले बाँड्यो गुल्मीमा ७ लाख ५० हजारको पीपीई

लन्डन ।बेलायत स्थित परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्रलाई तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ ।समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएको हो । समाजले बिहिबार दिउसो गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्लाका... Read More

गुल्मी जिल्ला समाज यूकेले गुल्मीका सबै स्वास्थ्य केन्द्रलाई पीपीई पठाउने

गुल्मी जिल्ला समाज यूकेले गुल्मीका सबै स्वास्थ्य केन्द्रलाई पीपीई पठाउने – Nepalilink लण्डन । बेलायतबासी गुल्मेलीहरुले आफ्नो गृहजिल्ला गुल्मीस्थित सम्पूर्ण स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गर्ने भएको छ । आइतबार समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीको संक्रमण रोक्ने प्रयासमा पीपीई सहयोग गर्ने निर्णय गरेको हो । बैठकले सहयोगका लागि संयोजन... Read More

वार्षिक भेला र साधारणसभा स्थगित गर्ने गुल्मी जिल्ला समाजको निर्णय नेपालमा आव

लण्डन । बेलायतका नेपाली सामाजिक संस्थाहरुमध्येकै अग्रणी गुल्मी जिल्ला समाज यूकेले कोरोना महामारीको अवस्थालाई ध्यानमा राख्दै यस वर्षको वार्षिक साधारणसभा स्थगित गर्ने भएको छ । आइतबार जुममार्फत बसेको अनलाइन बैठकले हरेक वर्ष अगस्ट पहिलो साता आयोजना गर्दै आएको समाजको वार्षिक भेला पनि यसपटक आयोजना नगर्ने निर्णय गरेको छ । समाजका ट्रस्टी, सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरु सहभागी बैठकले साधारणसभामा पेश हुने... Read More

कोरोना प्रभावितको सहयोगमा जुट्दै गुल्मी जिल्ला समाज यूके

लण्डन । गुल्मी जिल्ला समाज यूकेले पनि कोरोना महामारीका कारण प्रभावित नेपालीहरुलाई सहयोगको हात अघि बढाउने भएको छ । गत आइतबार ‘भिडियो कन्फरेन्स’ मार्फत बसेको कार्यसमितिको बैठकले अफ्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने निर्णय गरेको महासचिव बीर बलालले जानकारी दिए । बैठकले तत्कालका लागि बेलायतमा एनआरएनए यूके र ‘मर्जिंग नेपसक्स’ ले सञ्चालन गरेका सहयोग अभियानमा संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय... Read More

बेलायतका गुल्मेलीले गरे जन्मभूमिका लागि १५ लाख आर्थिक सहयोग

१५ मंसिर, काठमाण्डौं । बेलायतमा रहेका गुल्मेलीले जन्मभूमिका लागि पुण्य काम गरेका छन् । केही महिना अघि विनासकारी बाढी पहिरोमा परेर घरबार गुमाएका सत्यवती गाउँपालिका वडा नं ३ का बासिन्दालाई पुर्नवासको व्यवस्थाको लागि उक्त रकम सहयोग गरिएको हो । गुल्मी जिल्ला समाज युकेले रु १५ लाखको लागतमा तीनवटा घर निर्माणका लागि उक्त रकम सहयोग गरेको बताइएको छ ।समाजका अध्यक्ष टोप... Read More

बेलायतमा भब्य बन्यो,गुल्मी जिल्ला समाज यूकेको १३ औं वार्षिक भेला

लण्डन । गुल्मी जिल्ला समाज यूकेको १३ औं वार्षिक भेला आइतबार भव्य रुपमा सम्पन्न भएको छ । गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनर्ट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न भएको हो। यसैबीच समाजले हालै गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोका मृतक तथा निधन भएका समाजका अन्य सदस्यका परिवारजनको स्मृतिमा मौनधारण गरिएको... Read More