Search

गुल्मी जिल्ला समाज यूके टोप पल्लीकै नेतृत्वमा थप एक वर्ष

गुल्मी जिल्ला समाज यूके टोप पल्लीकै नेतृत्वमा थप एक वर्ष

लन्डन । गुल्मी जिल्ला समाज यूकेको आठौं वार्षिक साधारणसभाले वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ । कोभिड महामारीका कारण टोप पल्ली नेतृत्वको कार्यसमितिलाई नै एक वर्ष निरन्तरता दिने निर्णय भएको हो ।

आइतबार आयोजित भर्चुअल कार्यक्रममा अर्को वर्ष मात्रै नयाँ नेतृत्व चयन गरिने बताइएको छ । जिम्मेवारी थपिएपछि अध्यक्ष टोप पल्लीले सबैप्रति धन्यवाद ब्यक्त गरेका छन्। उनले झन् उच्च मनोबल र सक्रियतापूर्वक् काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु दुर्गा पाण्डे, बालजंग अर्याल, क्याप्टेन ताम ढेगा, सुरेश गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए । समाजका सल्लाहकार एवम् एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेको आसन्न निर्वाचनबारे जानकारी गराउँदै सदस्यता लिन आव्हान गरे ।

साधारणसभामा महासचिव बीर बलालले पछिल्लो दुई वर्षे कार्यकालको प्रगति विवरण तथा कोषाध्यक्ष बरुण भण्डारीले आर्थिक विवरण पेश गरेका थिए। त्यस अवसरमा विधान समितिका संयोजक केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा व्यापक छलफलपछि संशोधनसहित पारित गरिएको छ ।

कार्यक्रममा आगामी अगस्ट १ तारिख हुने संस्थाको वार्षिक भेला र डिसेम्बर ५ तारिखमा तय अपांगता दिवस च्यारिटी तयारीबारे छलफल गर्दै वार्षिक भेला संयोजनको जिम्मा महासचिव बीर बलाल र सहसंयोजनको जिम्मेवारी उपाध्यक्ष मतिप्रसाद पुनलाई दिइएको छ । महासचिव बीर बलालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।

साधारणसभामा समाजका सल्लाहकारहरु रण केसी, गोकर्ण बस्नेत, मीन दर्लामी, दासुराम पाण्डे, फत्त थापा, कोशलेश्वर ढकाल, कार्यसमितिका पदाधिकरी एवम् आजीवन सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।प्राविधिक संयोजन तथा व्यवस्थापन कार्य समिति सचिव मन्जु भण्डारी तथा प्रवक्ता रुद्र थापाले गरेका थिए ।

कार्यसमितिमा राम सापकोटा, तारानाथ भण्डारी र मोति पुन उपाध्यक्ष, वीर बलाल महासचिव, मञ्जु भण्डारी सचिव, वरुण भण्डारी कोषाध्यक्ष र तारा भट्टराई सहकोषाध्यक्ष छन् । सदस्यहरुमा भोजराज भण्डारी( बर्मिंगहम), शंकर भण्डारी ( बर्मिंगहम), राधा खरेल ( बर्मिंगहम) , महलाल घिमिरे (प्लमस्टिड) , शिव राना (प्लमस्टिड) , माया केसी ( डेप्टफोर्ड ) , थम्मन राना ( फार्नबरो ), भक्त बलाल (क्याम्बर्ली ), भिम खनाल ( पिटरबरो ), रुद्र थापा ( केन्ट ) , रिता गौतम ( लेस्टर ) , हरि भट्टराई ( डर्बी), मुकुन्द खनाल ( नटिङ्घम) , बाबुराम भण्डारी ( रेडिङ्ग) र पूर्णबहादुर थापा ( ग्रिनफोर्ड) र कमला भण्डारी ( कोल्चेस्टर ) छन् ।

Related posts