Search

गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन: टोप पल्ली

गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन: टोप पल्ली

२० बैशाख, युके । गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन टोप पल्ली चयन भएका छन् ।

आइतबार भर्चुहल माध्यमबाट सम्पन्न समाजको आठौं बार्षिक साधारणसभाले विश्वव्यापी कोरोना माहामारीको असहज स्थितिलाई ध्यान दिँदै टोप पल्लीकै नेतृत्वमा कार्यसमितिको अवधि एकवर्ष बढाएको हो ।

समाजका उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत मन्तव्य, महासचिव वीर वलालको संचालन तथा दुईवर्षे कार्यकालको प्रगति विवरण पेश, प्रवक्ता रुद्र थापा र सचिव मन्जु भण्डारीको प्राविधिक संयोजनमा सम्पन्न उक्त साधारणसभामा कोषाध्यक्ष बरुण भण्डारीले आर्थिक विवरण पेश गरेका थिए भने विधान समितिका संयोजक केशव भण्डारीले गरेको विधान संशोधनको प्रस्तावलाई छलफलपछि संशोधनसहित पारित गरिएको थियो ।

सोहि अवसरमा आगामी १ तारिख हुने संस्थाको वार्षिक भेला र अपांगता दिवसको अवसर पारेर डिसेम्बर ५ मा हुने च्यारिटी कार्यक्रमको तयारीका बारेमा समेत छलफल गर्दै महासचिव वीर बलाललाई संयोजक र उपाध्यक्ष मतिप्रसाद पुनलाई सहसंयोजकको भेला संयोजनको जिम्मा दिइएको छ ।

उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु दुर्गा पाण्डे, बालजंग अर्याल, क्याप्टेन ताम ढेगा, सुरेश गौतम लगायतले शुभकामना दिएका थिए ।

समाजका सल्लाहकार तथा एनआरएनए युकेका उपाध्यक्ष प्रेम गलामी मगरले एनआरएनए युकेको आगामी निर्वाचनका बारेमा जानकारी गराउँदै व्यापक रुपमा संस्थाको सदस्यता लिन तथा नेतृत्व प्रक्रियामा सक्रियताका साथ सहभागी हुन सबैमा अनुरोध गरेका थिए ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा समाजका सल्लाहकारहरु रण केसी, गोकर्ण बस्नेत, मीन दर्लामी, दासुराम पाण्डे, फत्त थापा, कोशलेश्वर ढकाललगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष पल्लीले कार्यसमितिको कार्यकाल बढाउँदै पुनः आफुलाई अध्यक्षको जिम्मेवारी सुम्पिएकोमा खुसी व्यक्त गर्दै अझ उत्साह र उच्च मनोवलका साथ काम गर्ने बताएका थिए ।

Related posts