Search

गुल्मी जिल्ला समाज यूकेले गुल्मीका सबै स्वास्थ्य केन्द्रलाई पीपीई पठाउने

गुल्मी जिल्ला समाज यूकेले गुल्मीका सबै स्वास्थ्य केन्द्रलाई पीपीई पठाउने

गुल्मी जिल्ला समाज यूकेले गुल्मीका सबै स्वास्थ्य केन्द्रलाई पीपीई पठाउने – Nepalilink

लण्डन । बेलायतबासी गुल्मेलीहरुले आफ्नो गृहजिल्ला गुल्मीस्थित सम्पूर्ण स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गर्ने भएको छ ।

आइतबार समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीको संक्रमण रोक्ने प्रयासमा पीपीई सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले सहयोगका लागि संयोजन गर्न समाजका अध्यक्ष पल्लीको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । समितिमा महासचिव बीर बलाल र कार्यसमिति सदस्यहरु राधा खरेल, मुकुन्द खरेल, भिम खनाल र बाबुराम भण्डारी सदस्य छन् ।

जनस्वास्थ्य कार्यालय गुल्मीसंगको समन्वयमा जिल्लाका सबै क्षेत्रस्थित स्वास्थ्य केन्द्रमा सहयोग गरिने समाजले बताएको छ ।

पीपीई सहयोगका लागि आवश्यक कोष जुटाउनको लागि समाजका उपाध्यक्ष तारानाथ भण्डारीको संयोजकत्वमा कोष संकलन समिति गठन गरिएको छ । समितिमा कोषाध्यक्ष वरुण भण्डारी तथा कार्यसमिति सदस्यहरु महलाल शर्मा, भोजराज भण्डारी र कमला भण्डारीलाई सदस्य राखिएको छ ।

यसअघि गुल्मी जिल्ला समाजले आपतकालीन कोष स्थापनाका लागि गर्ने भनिएको च्यारिटी कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । सोहि च्यारिटी कार्यक्रमको लागि शुरु गरिएको आर्थिक संकलन अभियानलाई निरन्तरता दिंदै अब कोरोना सहयोग अभियानलाई सहयोग जुटाइने भएको हो ।

बैठकले सहयोग अभियानमा मिडिया संयोजनसम्बन्धी जिम्मा सचिव मञ्जु भण्डारीलाई लगाएको छ ।

समाजका अध्यक्ष टोप पल्लीले कोरोना महामारीका बेला समाजले आफ्नो गृहजिल्लालाई सक्दो सहयोग गर्ने बताए ।

महामारीका बेला जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीहरुको निम्ति पीपीई खरिदका लागि समाजले शुरु गरेको अभियानमा सहयोग गरिदिन बेलायतबासी सबैमा अपील समेत गरेका छन् ।

Related posts