Search

बेलायतका गुल्मेलीले गरे जन्मभूमिका लागि १५ लाख आर्थिक सहयोग

बेलायतका गुल्मेलीले गरे जन्मभूमिका लागि १५ लाख आर्थिक सहयोग

१५ मंसिर, काठमाण्डौं । बेलायतमा रहेका गुल्मेलीले जन्मभूमिका लागि पुण्य काम गरेका छन् । केही महिना अघि विनासकारी बाढी पहिरोमा परेर घरबार गुमाएका सत्यवती गाउँपालिका वडा नं ३ का बासिन्दालाई पुर्नवासको व्यवस्थाको लागि उक्त रकम सहयोग गरिएको हो ।

गुल्मी जिल्ला समाज युकेले रु १५ लाखको लागतमा तीनवटा घर निर्माणका लागि उक्त रकम सहयोग गरेको बताइएको छ ।
समाजका अध्यक्ष टोप पल्लीले शनिबार आयोजित एक कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका वडाअध्यक्षहरु तथा स्थानीयबासीको सहभागितामा उक्त रकम हस्तान्तरण गरिएको हो ।

समाजले विगत १० वर्षदेखि गुल्मीमा रहेको आसा अपाङ्ग केन्द्र गुल्मीमार्फत् नेपालका अपांगता भएकाहरुका लागि आर्थिक सहयोग गर्दै आएको छ । समाजले  विश्व अपाङ्गता दिवसको अवसर पारेर आज ( १ डिसेम्बर)  एक च्यारिटी कार्यक्रम अयोजना गर्ने तयारी गरेको समेत बताइएको छ ।

उक्त सहयोग गर्ने गुल्मी समाजमा आवद्ध सम्पूर्ण गुल्मेलीहरुलाई वडा नं ३ का अध्यक्ष रुक बहादुर रानाले धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार बाढी पहिरोले क्षति पुर्याएर उच्च जोखिममा रहेका ४६ घरपरिवारका लागि तत्कालन पुर्नवास निर्माण गर्नु पर्ने प्राविधिकको टोलीले जानकारी दिएको बताएका छन् ।

त्यसका लागि मन्त्रिपरिषद्को निर्णय समेत भइसकेको र अव  घर निर्माणका लागि अस्लेवा, कुर, दाङ्सी, गाउँडाँडा तथा वडा नं १ लगायतमा पनि घडेरीहरुको व्यवस्था गर्न लागिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

Related posts