Search

बेलायतमा भब्य बन्यो,गुल्मी जिल्ला समाज यूकेको १३ औं वार्षिक भेला

बेलायतमा भब्य बन्यो,गुल्मी जिल्ला समाज यूकेको १३ औं वार्षिक भेला

लण्डन । गुल्मी जिल्ला समाज यूकेको १३ औं वार्षिक भेला आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।

गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनर्ट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न भएको हो।

यसैबीच समाजले हालै गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोका मृतक तथा निधन भएका समाजका अन्य सदस्यका परिवारजनको स्मृतिमा मौनधारण गरिएको थियो ।

कार्यक्रमको सम-उद्धघान प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा बिशेष अतिथि एनआरएन यूकेका,उपाध्यक्ष प्रेम गाहामगर तथा ,समाजका पूर्व अध्यक्षहरु अर्जुन गौतम,राम गलामीले संयुक्त रुपमा दिप प्र्जलन गरे ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष ओमप्रसाद थापा, विशेष अतिथि एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगर, एनआरएन यूकेकै अर्का उपाध्यक्ष शेर सुनार, सल्लाहकार फडिन्द्र भट्टराई,चक्र राना ,मिडल्याण्डका एनआरएन अगुवा दयानिधि सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव एवम कार्यक्रमका प्रमुख संयोजक बीर बलाल र सचिव मञ्जु भण्डारीले गरेका थिए । कार्यक्रम सहसंयोजक एवम उपाध्यक्ष मतिप्रसाद पुनले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा भाग लिन कोसौं टाढाबाट बस नै रिजर्भ गरेर बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट झण्डै एक हजारको संख्याका गुल्मेलीहरु अल्डरसटमा भेला भएका थिए । कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा सहभागी थिए ।

कार्यक्रमको उत्तरार्द्धमा उपस्थित बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा नेपाली कला, संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै बेलायतमा बस्ने गुल्मेलीहरुबीचको एकता र सद्भावका साथै मातृ भुमि प्रेमलाई समेत दर्शाएको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूके समुहको विशेष प्रस्तुति पनि कार्यक्रमको अर्को आकर्षण थियो । सधैजस्तै कामर्यक्रमका सहभगीहरुले यस वर्ष पनि गुल्मेली ठाडो भाका, झ्याउरे, तीज गीतदेखि भजन कृतन लगायतमा नाचगान गरेका थिए ।

कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट आएका लोकदोहोरी गायक प्रसाद खप्तरी,मगर गायिका सुनितामी परियार र फिनल्याण्डबाट आएका गायक नविन भट्टराईले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई घण्टौंसम्म नचाएर मातृभूमि स्मरण गराए। कार्यक्रममा गरिमा भट्टराई , शिक्षा पौडेल, रिमा भण्डारी, दिपक मैथाने लगायतका स्थानीय कलाकारले आकर्षक नृत्यहरु देखाएर मनोरञ्जन दिलाएका थिए ।

त्यसअवसरमा समाजका नयाँ आजीवन सदस्य तथा विभिन्न शैक्षिक सफलता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम व्यवस्थापन मा सहयोग गर्ने सल्लाहकार गोकर्ण बस्नेत मिन दर्लामी,उपाध्यक्ष मोति पुन ,राम सापकोटा लगायत कलाकार लाई सम्मान गरिएको थियो ।कार्यक्रमको स्थलगत लाइभ भिडियो रिपोर्ट लण्डन नेपाल न्यूज़का प्रधान सम्पादक शिब भण्डारी र प्रकाश कंडेलले ले तयार पारेका थिए ।

Related posts