Search

गुल्मी जिल्ला समाज युकेले गर्‍यो इ–लाईब्रेरीका लागि तिन लाख सहोयोग हस्तान्तरण

गुल्मी जिल्ला समाज युकेले गर्‍यो इ–लाईब्रेरीका लागि तिन लाख सहोयोग हस्तान्तरण

निर्मला भट्टराई, गुल्मी ।

गुल्मी जिल्ला समाज युकेले गुल्मीको एक बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्ने भएको छ ।

समाजले विगत लामो समय देखि जिल्लामा सञ्चालन गर्दै आईरहेको सामाजिक कार्यको निरन्तरता स्वरुप धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इ–लाईब्रेरी सञ्चालन गर्ने भएको हो ।

समाजले इ–लाइब्रेरी सञ्चालनार्थ आज आयोजीत एक कार्यक्रममा तिन लाख बाराबरको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीलाई हस्तान्तरण ग¥यो ।

चन्द्रकोट गाउँपालिका दिब्रुङ्ग घरभई हाल बेलायत बस्दै आउनुभएको समाजका अध्यक्ष राम गलामीले गाउँपालिका प्रमुख भुपाल पोखरेलको रोहबरमा उक्त चेक धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा आयोजीत शैक्षीक अन्तरकृया कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष गालामीले विदेशी भूमीको लागि लडेको सिपाही मान्छेले मातृभूमीको ऋण तिर्न समाजमा आवद्ध भइ कार्यगरीरहेको धारणा राखे ।

समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले बाध्यता र विबसताले विदेशिएका नेपालीहरुको पसिना र रगत मिसाएर आर्जन गरेको पूँजी मध्ये केही सहयोग हात थापेर जुटाएको भन्दै यो सानो सहयोगको पूर्ण सदुपयोगको अपेक्षा राखेको धारणा राखे ।

समाजकै सदस्य धुर्कोट गाउँपालिका वडा नं. ६ रातामाटा स्थायी घर भएका बाबुराम भण्डारीले आफु हुर्के बढेको र पढेको स्थानमा सानो भएपनि सहयोग गर्न पाएकोमा हर्सित भएको बताए ।


यसैगरी समाजकै सदस्य मुसिकोट नगरपालीका आँपचौर घरभएकी समाजकी सदस्य तारा भट्टराईले आफु र आफ्नो पुरै परिवार सक्दो समाजसेवामा लागेको भन्दै विदेशमा ज्यान भए पनि नेपालमा मन भएको धारणा राखीन् । उनले युके निवासी आफ्नी छोरीको तर्फबाट क्याम्पसका विद्यार्थीको शैक्षिक सामग्रीको लागी २० हजार सहयोग हस्तान्तरण गरिन् ।

यस्तै समाजका सल्लाहकार मोती भण्डारीले गुल्मी जिल्लाको नाममा देश विदेश मा खुलेका संघ संस्थाहरुको विचमा युके समाजले छुट्टै पहिचान बनाउन सफल भएको धारणा राखे ।
कार्यक्रममा नेकपा गुल्मीका नेता नरेश भण्डारी, नेपाली काँग्रेसका छन्द पहराई लगायतका वक्ताहरुले समाजको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरे ।

धुर्कोट परमानन्द भण्डारी बुहुमुखी क्याम्पसका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता, उपाध्यक्ष युवराज भण्डारीको स्वागत मन्तव्य र उपप्राध्यापक कृष्णबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले क्याम्पसको वर्तमान अवस्थामा क्याम्पसको सवल र दुर्वल पक्ष तथा भावी सम्भावना र योजनाबारेको प्रतिवेदन पेश गरेका थिए ।

Related posts