Search

बेलायतका गुल्मेली जुटे नेतृत्व चयनको तयारीमा

बेलायतका गुल्मेली जुटे नेतृत्व चयनको तयारीमा
लण्डन । बेलायतको अग्रणी नेपाली संस्था गुल्मी जिल्ला समाज यूके आफ्नो छैठौं अधिवेसनको तयारीमा जुटेको छ । आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा कार्यसमिति तथा सल्लाहकार समेतको सहभागितामा ‘प्रि एजिएम’ बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मे महिनाको ५ तारिख आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा अधिवेसन गर्ने निर्णय गरेको छ । यो अधिवेसनले संस्थाको आगामी नेतृत्व चयन गर्नेछ । बैठकले नयाँ नेतृत्व चयनका लागि सल्लाहकार मिन दर्लामीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । जसमा सल्लाहकारहरु रण केसी, मोती भण्डारी, राजेन्द्र श्रेष्ठ र क्याप्टेन ताम ढेगा सदस्य छन् । बैठकमा अधिवेसनमा लैजाने विभिन्न एजेन्डाहरुको विषयमा समेत छलफल गरिएको थियो । अहिले संस्थामा कार्यसमितिको कार्यकाल वर्षको रहेकोमा अब आउने कार्यसमितिदेखि २ वर्षमा झार्ने प्रस्ताव अधिवेसनमा लैजाने निर्णय बैठकले गरेको छ । बैठकमा महासचिव शिव भण्डारी र कोषाध्यक्ष तारानाथ भण्डारीले संिक्षप्त रुपमा आआफ्नो प्रतिवेदनहरु पेश गरेका थिए । हालै गृहजिल्ला गुल्मी पुगेर समाजको सहयोग हस्तान्तरण गरेर फर्किएका अध्यक्ष राम गलामी र सल्लाहकार मोती भण्डारीले त्यसबारे अपडेट गराएका थिए । बैठक सचिव विर बलालले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टोप पल्ली मगरले स्वागत मन्तव्य दिएका थिए । समाजका अध्यक्ष गलामीको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका उपाध्यक्षहरु फडिन्द्र भट्राई र टोप पल्ली मगर, महासचिव शिव भण्डारी, सचिव बिर बलाल, कोषाध्यक्ष तारानाथ भण्डारी, सहकोषाध्यक्ष रामप्रसाद सापकोटा, प्रवक्ता मञ्जु भण्डारी तथा सदस्यहरु कृष्ण ढकाल, बरुण भण्डारी, मुना सापकोटा, विष्णु ज्ञवाली, तारा भट्टराई लगायतको उपस्थिति थियो । त्यस्तै, पूर्व अध्यक्ष अर्जुन गौतम तथा सल्लाहकारहरु मोति भण्डारी, विनोद ज्ञवाली, रण केसी, दासुराम पाण्डे, रोमनाथ पाण्डे, गोकर्ण बस्नेत, चक्रबहादुर राना, डा विष्णु घिमिरे लगायत पनि बैठकमा सहभागी थिए ।

Related posts