Search

विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा गङ्गा रायमाझिलाई सम्मान

विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा  गङ्गा रायमाझिलाई सम्मान

गत २ दिसेम्बर २०१८ को दिन आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा गुल्मी जिल्ला समाज यूकेले लण्डनमा आयोजना गरेको विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा उनलाई सम्मान गरेको हो ।आफै दुबै खुट्टा नभएकी तर आफुजस्ता बिगत दुर्गम ठाउ का अती अस्क्त र असाय हरू को गाउ मा मा पुगेर उदार र गरी अंपाग हरूको स्वाथ्य सेवा र जिबीको पार्जन को निम्ती सिप मुलक तालीम दिने र केही निर्बियाजे आर्थिक सहयोग जस्ता कार्य गरी आज १३ बर्ष सम्म यस कार्यमा निर्नतता दिदै हाल ७००० भन्दा बधी लाई सेवा पुराईसकेको मा सम्मानित भईकी हुन उनले भनीन यो मेरो बेलायत आउने दोस्रो औषर प्रापत गर्नु पाउदा भाग्यमानी ठानेकी छु। सायद मेरो कामको मुल्याक्रन भएको पाएको छु र अझ काम गर्ने उर्जा प्रापत भएको महसुज गरेको छु भन्नु भयो साथै बेलायत बासी बिषेस गुल्मी जिल्ला समाज युके प्रती आभारीछु भन्नु भयो यस पल्त आशा अपांग केन्द्र लाई सहयोग पुराउनु बेलायती नागरीक दाता हरू संग बेलायत को ठाउ ठाउ प्रत्यक्क्ष केन्द्र का काम काज गती बिधी पावर पएट पृिजेन्टतेशन गर्ने कार्यक्रम रहेको बताउनु भयो।यस बर्ष पनी राम्रो दोनेशन संकलन गर्नु सफल भएको भन्दै समाजका कोषाध्यक्ष तारानाथ भण्डारीका अनुसार कार्यक्रमका लागि सहयोगदाताहरुबाट ७ हजार ३ सय पाउण्ड तथा कार्यक्रमस्थलमा ३ हजार गरी कुल १० हजार ३ सय पाउण्डको सहयोग जुटेको छ । सहयोदाताहरुमध्ये धेरैले प्रतिबद्धता गरेको रकम जम्मा गराइसकेको पनि उनले जानकारी दिए । संकलित रकमबाट कार्यक्रमको खर्च कटाएर बांकी रकम सामाजिक काममा खर्च गरिनेछ । यो रकमको आधा रकम आशा अपांग केन्द्र तम्घास र बांकी रकम अन्य परोपकारी कार्यमा लगाइने समाजले बताएको छ ।

 कार्यक्रममा बेलायत भ्रमण मा आउनु भएका काठमाडौंस्थित ग्रिन सिटी अस्पतालका निर्देशक एलबि टण्डनले शुभकामना मन्तव्य क्रम मा बिषेस त बेलायत बासी गुल्मीली को आफ्नो जन्म ठाउ लाई दिएका योग दान बिषेस सस्थाका सस्थापक अध्यक्ष देखी बर्तमान सम्म का सबै गुल्मीली हरूलाई सम्मान सिलोट गर्दछु। म पनी गुल्मी कै भुमी पुत्र भएको ले एक सफल बेवासाही बन्नु सफल भएकै काणर्न युरोप बेलायत भर्मर्ण गर्ने औषर पाए। यस्तै सेवा मुलक घेरै काम मेरो काठमाडौंस्थित ग्रिन सिटी अस्पताल बाट सेवा सहयोग दिएको छु।बिषेस गंगा रायामाझी बैनी को काम र आसा अंपाग केन्द्र काम बाट अती प्रभावित भए आज यस लन्डण्न बाटै घोषणा र प्रतिव्द्ता गरे यसै बर्ष बाट मेरो हस्पितल ले आसा अंपाग केन्द्र को बिमारी हरूलाई हरेक बर्ष ने रू १००००००।- एक लाख बराबर के निसुल्क उपचार गरिदीने घोषणा गरी दिनु भयो।
च्यारिटी कार्यक्रममा  प्रथम नौमती बाजा गुल्मी युके समुह , एनआरएन यूके  र मगर संघ  यूकेको पनि  सहकार्य थियो ।

लण्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीकार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले विभिन्न कामको शिलशिलामा गुल्मीबाट बेलायतमा आएर बसोबास गरिरहेका गुल्मेलीहरुले आफ्नो जन्मभुमिलाई सम्झिएर सहयोगको हात बढाउनु सहनीय कार्य रहेको धारणा व्यक्त गरे । विशेष अतिथि आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीले झण्डै एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले लगातार रुपमा केन्द्रलाई प्रदान गरिरहेको सहयोगका लागि आभार प्रकट गरिन् । पावरपोइन्ट प्रिजेन्टेसनमार्फत केन्द्रको अवस्था र गतिविधीहरु देखाउंदै रायमाझीले गुल्मी जिल्ला समाज यूकेले मात्रै अहिलेसम्म ४० लाख रुपिया भन्दा बढिको सहयोग केन्द्रलाई उपलब्ध गराएको जानकारी दिइन् ।

आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीएनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले गुल्मी जिल्ला समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्यहरु गरेको भन्दै यस्ता परोपकारी कार्यका लागि सहकार्य गर्न एनआरएन सधै तयार रहेको बताए । कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राम गलामीले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । आफु नेतृत्वको समाजको पांचौं कार्यसमितिले ३ वर्षको कार्यकालमा अहिलेसम्म नेपालमा ६९ लाख रुपियाको सहयोग पठाइसकेकोे जानकारी अध्यक्ष गलामीले गराए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचा यस केन्द्र लाई गत २००९ देखी आज सम्म बेलायत बासी गुल्मीली र गैर गुल्मी को सहसोग कसरी निर्मिता हुदै आएको छ र किन नगरीएको छ र नेपाल का अस्क्त असाय अंपाग मनोबल बराउन रे कस्ता काम भए र किन गर्नु जरूरी छ भन्ने मा प्रस्तु पार्नु भएको थियो ।आब को ठुलो प्रमुख जेमेवारी नेपाल को स्थानीय देखी संगिय केन्द्र सरकार को जिमेवारी हो भन्नु भयो र कसरी अंपाग हरूलाई सेवा पुराउने भन्ने मा नमुना सिक्नु यस आसा अंपाग केन्द्र संग सहकार्य गरोस भन्नु भयो ।र पूर्व अध्यक्ष अर्जुन गौतमले समाज स्थापनाको पृष्ठभुमिदेखि अपांगता दिवस च्यारिटी कार्यक्रमको अवधारणासम्मका विषयमा जानकारी गराएका थिए ।  दुवै खुट्टा गुमाएर पनि  साहसिक पर्वतारोहण गरिरहेका भूपू गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए । 
समाजका अध्यक्ष राम गलामीकार्यक्रममा विभिन्न अपांगता भएका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । उनीहरुमध्ये अमृता गिरी गजुरेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने बियंका पुनले गीत र एलिसा रानाले कविता वाचन गरेकी थिइन् ।कार्यक्रमको सुरुमा समाजका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई समाजको तर्फबाट स्वागत गरेका थिए । महासचिव शिव भण्डारी र प्रवक्ता मञ्जु भण्डारीले आकर्षक शैलीमा कार्यक्रमको सञ्चालन गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए । कवि रेशम अर्यालले अपांगता भएकाहरुको सम्मान र हौसलामा आफ्नो एक कविता वाचन गरेका थिए । मुस्कान घिमिरेले आकर्षक नाच देखाएकी थिइन् ।

गायिका सुशिला गौतमकार्यक्रमको दोस्रो चरणमा लोकदोहोरी गायिका सुशिला गौतमले विभिन्न गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई निकैबेर नचाएकी थिइन् । प्रथम नौमति बाजा यूकेको प्रस्तुतिमा समेत कार्यक्रमका सहभागीहरुले कम्मर मर्काएका थिए । अन्त्यमा डिजे हेम विष्टले समेत विभिन्न गीतहरु बजाएर नचाएका थिए । समाजले कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु, अपांगता भएर पनि विभिन्न प्रेरणादायी कार्य गर्न सफल व्यक्तिहरु, समाजकी सदस्य माया केसी लगायतलाई सम्मान गर्दै प्रशंसापत्र वितरण गरेको थियो ।

Related posts