Search

बाजा बजाएर गुल्मीका अंपागहरुलाई आर्थिक सहयोग

बाजा बजाएर गुल्मीका अंपागहरुलाई आर्थिक सहयोग

अक्टोबर १० । गुल्मी जिल्लाका अंपाग र आशक्तहरूको लागि बेलायतबाट आर्थिक सहयोग पठाईएको छ । प्रथम नौमती बाजा गुल्मी युके समुहले गुल्मीका अपांगहरुको हक हितमा काम गर्दै आएको सँस्था आशा अपांग केन्द्र मार्फत सहयोग रकम हस्तान्तरण गरेको हो । समाजले अक्टोबर १० का दिन केन्द्रकी प्रमुख प्रबर्द्दक तथा महिला अध्यक्ष गंगा रायमाझीलाई एक लाख त्रिहत्तर हजार २ सय चौसट्ठी रुपैँयाको चेक हस्तान्तरण गरेको हो ।

समुहले पछील्लो १ बर्ष भरीमा बिभिन्न गतिबिधीहरुबाट संकलित रकममा सिडी बिक्री तथा समुहका केही सदस्यहरुको ब्याक्तिगत सहयोगबाट जम्मा भएको रकम मंगलबार समुहका सदस्य ईन्द्र बहादुर ढेँगा मगरले हस्तान्तरण गर्नुभएको हो । समुहले बिभिन्न गतिबिधीबाट २७५ पाउण्ड, सि.डी. बिक्रीबाट संकलित ६०४ पाउण्ड, समुहका सदस्यहरू मध्य ओम थापाबाट २०० पाउण्ड, पुर्ण बलालबाट १५० पाउण्ड र ओम बुराथोकीबाट ४५ पाउण्ड ब्याक्तिगत सहयोग रकम संकलन गरेको थियो ।

गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार ओमप्रसाद थापा काउचाको सक्रियतामा सन् २०१० मा प्रथम नौमती बाजा गुल्मी युकेको स्थापना गरिएको हो । नेपाल देखी बाहिर ब्यवसायिक रुपमै संनचालन भएको प्रथम नौमती बाजा भएरै यसको नाम पनी प्रथम नौमती बाज समुह राखिएको संयोजक थापाले बताए ।

“नेपालमा लोपमुलक अवस्था पुगेको हुँदा नौमती बाजाको संरक्षण गर्ने र एतिहासीक मौलिक धुन बजाउँदै नेपाली पनलाई अन्य समुदायसंग पुर्याई पर्यटन प्रवर्धनमा टेवा पुर्याउनु नै यस समुहको मुख्य उद्देश्य हो ।”, संयोजक थापाले गुल्मीन्युजसँग भने, ” त्यस्तै केही आर्थिक संकलन गरी नेपालका अंपाग असहाय र अशक्तहरूको निम्ती केही सहयोग गर्ने पनि यस सँस्थाले उद्देश्य राखेको छ ।”
यस नौमती समुह बेलायत देखी युरोप सम्म लोकप्रियता हासिल गरिरहेको छ। यस समुहले बेलायतका अन्य समुदायहरुसंग सहकार्य गर्दै सामाजिक कार्यमा पनि भुमिका खेल्दै आएको छ ।

हरेक बर्ष बिष्व अंपाग दिवस पारी गुल्मी जिल्ला समाज युकेको स्थापनकाल देखी हरेक डेसेम्बरको पहीलो हप्ता बेलायतमा च्यारिटी कार्यक्रम गर्दै प्रत्यक बर्ष यस केन्द्रलाई सहयोग पुराउदै आएको छ।
नौमती बाजा समुहले उक्त कार्यमा पनि समाजसँग सहाकार्य गर्दछ ।

सहयोग रकम बुझ्दै केन्द्रकी प्रमुख प्रवर्दक तथा महिला अध्यक्ष गंगा रायामाझीले बिदेशमा बसेर ब्यस्थाताको बावजुत पनी यस आसा अंपाग केन्द्रलाई नौमती बाजा समुह युकेले नियमित गरेको सहयोगले निमुखा गरिव अशक्त अंपागहरूलाई ठुलो सहयोग र आत्मबल बढाउन सफल भएको छ बताउँदै समुहलाई धन्यवाद पनि दिईन् ।

 

Related posts