Search

गुल्मी जिल्ला समाज यूकेद्वारा अपांग प्रेम नेपालीलाई एक लाख नब्बे हजार सहयोग

गुल्मी जिल्ला समाज यूकेद्वारा अपांग प्रेम नेपालीलाई एक लाख नब्बे हजार सहयोग

गुल्मी जिल्ला समाज यूकेले  आर्थिक सहयोग उपलव्ध गराएको छ । गुल्मी जिल्ला समाज युकेले धुर्कोटमा रुख बाट खसी अपांग भएका प्रेम नेपाली लाई राहत स्वरुप एक लाख एकानब्बे हजार छ सय हस्तान्तरण गरिएको हो ।

असार २८ गते तम्घास को जिल्ला प्रशासन कार्यलय को सभाहल मा धुर्कोट निवासीरुख बाट खसी घाइते भएका प्रेम नेपाली लाई सहयोग हस्तान्तरण गरिएको छ। प्रेम नेपाली को आर्थिक स्थिति दयनीय भएको र ३ नाबालक बच्चाहरु अलपत्र परेको खबर धुर्कोट निवासी श्री कुल प्रसाद भण्डारी ले गुल्मी जिल्ला समाज यु के समक्ष जानकारी गराउनु भएको थियो। सो जानकारी पछि गुल्मी जिल्ला समाज यु के का सह-कोसाध्यश्य श्री राम प्रसाद साप्कोटा र सदस्य श्री बाबुराम भण्डारी ले उपचारार्थ जनही १०/१० हजार रुपैयाँ सहयोग गरेका थिए भने समाज को तत्काल बैठक बसि श्री केशवराज भण्डारी को सम्योजन मा राहत संकलन गर्ने निर्णय भएको थियोे ।

उक्त हस्तान्तरण कार्यक्रम को सन्चालन आसा अपांग केन्द्र कि  उपाध्यक्ष गंगा रायमाझीले गर्नु भएको थियो भने ब्यवस्थापन नेपाल रेड्क्रश गुल्मी का अध्यक्ष अनुप श्रेष्ठ र कृष्ण ढुंगाना ले गर्नुभएको थियो।

उक्त कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी ,रास्ट्रीय अनुसन्धान प्रमुख ,प्रहरी नायब उपरीक्षक शसस्त्र प्रहरी वल ,अध्यक्ष गुल्मी उध्योग बाणिज्य संघ ,नेपाल रेड्क्रस सोसाइटी उप कोसाध्यक्ष्य जिल्ला शाखा अधिकृत सदस्य  उपाध्यक्ष आसा अपांग केन्द्र ,निम बहादुर कुवर धुर्कोट ,युवराज भण्डारी तथा समाज्सेवी र पीडित को आमा तथा छोरी को उपस्थिति थियो ।।
कार्यक्रम मा राहत हस्तान्तरण गर्न गएका समाज का कोसाध्याक्ष्य श्री तारानाथ भण्डारी ले सहयोग हस्तान्तरण गर्दै सो रकम दुरुपयोग नहोस् र पिडक लाई लामो समय सम्म जिउने आधार बनोस् भनी उपस्थित सम्पूर्ण सहभागी हरु समक्ष छलफल गर्नुभएको थियो।

गुल्मी जिल्ला समाज ले एक बर्ष को अवधी मा करिव ५६ छपन्न लाख रुपैयाँ गुल्मी मा विभिन्न क्षेत्रमा सहयोग गरेकोमा प्रमुख जिल्ला अधिकारी ले समाज लाई धन्यवाद दिदै आफुले हर सम्भव गुल्मी को विकाश र निकास को लागि टेवा पुर्याउने र गुल्मी जिल्ला समाज यु के का सहयोगी हरु ले आ आफ्नो गास काटेर उदाहरणीय काम गरेको सबैले अनुसरण गर्नुपर्ने मा बिस्वस्त हुन आग्रह गर्नु भएको थियो ।।

आसा अपांग केन्द्र कि मेनेजर तथा कार्यक्रम सन्चालिका गङा रायमाझी ले ६ महिना प्रेम नेपाली लाई आसा अपांग केन्द्र मा राखी नि शुल्क उपचार गराउने, बिरामी लाई आत्मनिर्भर र स्वावलम्वी बन्न सिकाउने ,सीप र तालीम दिएपछि स्ट्रेचर चलाउन तलिम दिई सानो ब्यवसाय गर्न अभिप्रेरित गर्ने आश्वासन दिनुभयो।
त्यसैगरी समाज्सेवी तथा ब्यवसायी निम बहादुर कुवर तथा कुल प्रसाद भण्डारी ले पीडित प्रेम नेपाली कि आमा को नाममा बैंक खाता खोली रकम जम्मा गरिदिने तथा आत्मनिर्भर बनाउन सानो पसल वा खुकुरा पालन को ब्यवस्थापन गरिदिने आश्वासन दिनुभएको थियो ।
गुल्मी जिल्ला समाज यु के बाट चन्द्रकोट गाउपालिका वार्ड नम्बर ७ रुपाकोट का अग्निपिडित ४ घर परिवार लाइ सन्कलित रकम ५०००० (पचास हजार ) तथा रुपाकोट कै बिमारी को चपेटामा ज्यान गुमाएका भण्डारी परिवार लाई छब्बीस हजार चार सय (२६४००) गाउपालिका उपाध्यक्ष राधिका अर्याल , वार्ड अध्यक्ष लक्ष्मी प्रसाद भण्डारी गाउपालिका का कार्यसमिति र आम जनसमुदाय को साथमा आफ्नै निवास मा एक कार्यक्रम गरि असार २५ गते कोसाध्यक्ष्य श्री तारानाथ भण्डारी ले हस्तान्तरण गर्नुभएको थियो ।

समाजले गुल्मीको, समाजीक, शैक्षीक, धार्मिक लगायतका विभिन्न संघ संस्थाहरुमा समेत सहयोग प्रदान गर्दै आईरहेको छ ।

Related posts