Search

गुल्मी जिल्ला समाज युकेले बार्षिक समर भेटघाट गर्ने

गुल्मी जिल्ला युके समाजले हरेक वर्षजस्तै यसवर्ष पनि बार्षिक समर भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठकले आगामी अगस्त ६ तारिख आइतबार बार्षिक समर भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बेलायतको अल्डरशट कनट स्कुल परिसरमा हुँदै गरेको उक्त समर भेटघाट कार्यक्रमका लागि कार्यक्रमको समग्र व्यवस्थापनको लागि समाजका उपाध्यक्ष टोप पल्लीलाई संयोजक तोकिएको छ भने समाजका सचिव बिर बलाललाई सहसंयोजक तोकिएको जनाइएको छ ।
त्यस्तै स्थानीय भेटघाट रेष्टुरेण्टलाई खानपिनको समग्र व्यवस्थापनको जिम्मा दिइएको छ ।