Category Archives: Charity

ब्लड बैंक स्थापनामा जुटे बेलायतवासी गुल्मेलीहरु

लन्डन । गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ । च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् ।

विश्व अपांगता दिवसका अवसरमा चाल्टर्नस्थित प्यारिस हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण । ब्लड बैंक स्थापना र केही हिस्सा आशा अपांग केन्द्रको सहयोगका लागि आयोजित कार्यक्रम सम्वोधन गर्दै आरणले मातृभूमिप्रति गुल्मेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ओमप्रसाद थापा र पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतमले समाजका गतिविधिबारे प्रष्टयाएका थिए ।अध्यक्ष गलामीले आफू भाषणभन्दा काम गरेर देखाउने बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

समाजका महासचिव शिव भण्डारी र प्रवक्ता मन्जु भण्डारी खरेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य दिए । सहकोषाध्यक्ष राम सापकोटाले ब्लड बैंक स्थापनाको उद्देश्यबारे बोले भने उपाध्यक्ष राजन खरेलले च्यारिटी उद्देश्यबारे जनाए ।
कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति रोचक रह्यो । नौमती बाजाको धुनमा सहभागी मज्जाले नाचे भने सुजाता काफ्ले, रण केसी लगायतको दोहोरी पनि कम रोचक थिएन । गोकुल भण्डारीले गुल्मी र गुल्मेली जनताको सहयोगी भावनामा केन्द्रित कविता वाचन गरेका थिए । स साना बालबालिकाले नाच प्रस्तुत गरे ।
कार्यक्रमको संयोजन उपाध्यक्षहरु फडिन्द्र भट्टराई र राजन खरेलले गरेका हुन् । उक्त अवसरमा माउन्टेन भ्यू रेष्टुरेन्टका रोमनाथ पाण्डेले खाना र डिजे हेम विष्टले साउण्ड सिस्टम उपलव्ध गराएका थिए । कार्यक्रमका सहयोगदातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दासुराम पाण्डे, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, चाल्टर्न समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी, व्यवसायीहरु कमल भण्डारी, यादव भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष रण केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, बेलायत कांग्रेसका भोजप्रसाद गुरुङ, मोती भण्डारी लगायतको सहभागिता थियो ।

Share This:

गुल्मी जिल्ला समाज युके को च्यारिटी कार्यक्रम ४ डिसेम्बर २०१६ मा

गुल्मी जिल्ला समाज युकेले विश्व अपांग दिवसको अवसरमा वार्षिक रुपमा आयोजना गर्दै आएको च्यारिटी कार्यक्रम निम्न मिती स्थान र समयमा आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौ ।

यस बर्ष आयोजना हुने च्यारिटी कार्यक्रम बाट संकलित रकमको ठुलो हिस्सा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा निर्माणाधीन ब्लड बैकको सहयोगार्थ खर्च गरिने र बाँकी रकम सधै जस्तो आशा अपांग केन्द्र तम्घासको सहयोगमा प्रदान गर्ने निर्णय भए बमोजिम यो प्रोग्राम बाट संकलन गर्नुपर्ने सहयोग सधैको भन्दा अधिक अपेक्षा गरिएको छ । आपतकालीन उपचारमा आवश्यक पर्ने ब्लड संचय गर्ने ब्लड बैंकको अभावमा दुर्गम गाउँ ठाउँ का बिरामीहरुले आफ्नो जीवन गुमाउनु पर्ने गरेको तथ्यलाई मध्यनजर गर्दै यसपालीको सहयोग त्यसतर्फ केन्द्रित गर्ने निर्णय गरिएको हो ।

यसको अलावा आशा अपांग केन्द्र गुल्मीले जिल्लाका अपांग तथा असह्याय हरुको उपचार र पुनर्स्थापनामा गर्दै आएको परोपकारी कार्य संग हजुरहरु सबै अवगत नै हुनुहुन्छ । सेवा नै धर्म हो भन्ने भावनाले गुल्मी जिल्ला समाजले सधै जसो गर्दै आईरहेको च्यारिटी कार्यक्रममा यस पाली पनि यहाँहरुको बृहत सहभागिता र सहयोगको अपेक्षा गरेका छौ । आफ्ना भाई साथी , ईस्टमित्र तथा परिवारजनका साथमा उक्त कार्यक्रम सहभागिता जनाएर उपकारमुखी कार्यमा दान पुण्य  पुग्ने गरी भरपुर मनोरंजन लिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रमको आकर्षणको रुपमा गुल्मेली नौमती बाजा तथा बिशेष सांस्कृतिक कार्यक्रम समेतको तयारी रहेको कुरा जानकारी गराउदछौ ।


कार्यक्रम हुने मिती , स्थान र समय :

मिती : ४ डिसेम्बर २०१६

स्थान : Grace Parish Hall

145 Charlton Road

SE7 7EZ

समय : दिनको ३ बजे राती १० बजे सम्म
प्रवेश शुल्क : £20.00


पुनश्च : सहयोग रकम संकलन दाताहरुको मनकारी चन्दा मार्फत बढाउन पर्ने भएकोले थप सहयोगी हरुले  आफ्नो सहयोग रकम कार्यक्रम अगावै घोषणा गरिदिनुहुन अनुरोध गर्दछौ ।  कार्यक्रम सम्बन्धी थप जानकारीको लागी कार्यक्रम संयोजनमा क्रियाशील  उपाध्यक्ष द्वय राजन  खरेल तथा फडिन्द्र भट्टराई लाई सम्पर्क गर्नु हुन समेत हार्दिक अनुरोध छ ।

Share This:

बेलायत बासी गुल्मीली ले एक चेली २ वटै किड्नी फेल भएकी लाई गरे रू ३२७६८७.९० आर्थिक सहयोग

गुल्मी हाडहाडे ६ ,बस्ने ,२६ बर्ष कि सीता काला थापा मगर को २ वटै किड्नी फेल भएको हुदा विभिन्न संघ सस्था ब्यक्ति हरुलाई सक्दो सहयोग को लागि आवाहान गरी हारगुवार गर्दै छटपतीयकी एक चेली को जिवन बचाऊको निम्ती । गुल्मी जिल्ला समाज युके का सस्थापक अध्यक्ष हाल सल्लाहाकार साथै प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख सयोजक साथै ग्रेटर रशमोर नेपाली कम्युनीती का अध्यंक्ष रहनु भएका ओमप्रसाद थापाको पहलमा गुल्मी जिल्ला समाज युकेका सदस्य हरू साथै मगर संग युकेका सदस्य हरूसंग सहयोगको आवाहान मा ११२ जना को सहभागी मनमुतूहरूबाट संकलित रकम जम्मा रकम रू ३२७६८७.९० (तिनलाख सताईस हजार छ सय सतासी रूपया. नब्य पैसा )हिज १७ अक्टुवर २०१६ को दिन नेपाल काठमाण्डौ बि.एफ.बि एस रेडियो स्टेसन ललितपुरमा गुल्मी image-18-10-16-11-23जिल्ला समाज युकेका उपाअध्यक्ष टोपबहादुर पल्लीको बाहुलीबाट बि.एफ.बि एस रेडियो स्टेसन मेन्जर डाईरेक्टर बिनोदधोज खर्काजिको रोभरमा श्रीमती सीता काला थापाकी श्रीमान सन्तोष पुनको हातमा हस्तान्तर गरियको थियो।

यसै कर्ममा गुल्मी जिल्ला समाज युकेका उपाअध्यक्ष टोपबहादुर पल्लीले बेलायत बासी गुल्मीलीहरूको तर्फबाट सिता कलाको शिग्रहसवास्थेको कामना तक्राउनु भएको थियो साथै यस पुन्यकार्यको निम्ती सस्थापक अध्यक्ष हाल सल्लाहाकार ओम थापाजिको पृथक प्रयासमा सबै दोनर दाताहरूलाई धन्यबाद तक्रायाउदछौ भन्दै रकम चेक सीता काला थापा की श्रीमान सन्तोष पुनजि हस्तान्त्र गर्नु भएको थियो।

सीता काला थापाकी श्रीमान सन्तोष पुनजिले सोही रकम बुझदै भन्नु भयो मेरी श्रीमतीलाई यस भरखर बिवाह भएको ६ महिना नहुदै यस्तो बज्रपात पर्दा भगवान हाम्रो लागी नभएको भन्ने महसुज भएको र आंफुहरूको घर माईतको गरिवी दैनिय अवस्थाले छत पताई रहदा हार गुहार गर्दै गर्दा बिषेस गुल्मी कै नव गायिका तथा उत्घोषीका रूपा image-18-10-16-11-23-2घर्तीमगरजि लगायतले सक्दो बिष्वका गुल्मीलीसंग सस्थाहरूमा सम्पर्ग गरी पहल गरीदिन अनुरोध गर्नु भएकोमा वाहा लगायत सम्पुर्ण सुभचिन्तकहरू संग हात फिजाउदा बिँषेस त बेलायत बाट हाम्रो अती पुन्यमनकारी दाजु ओम थापा रजिको सक्रियतामा जुन माहोलको देखेर बिष्व भरिका गुल्मीली गैर गुल्मी मगर हरू बाट बिषेस हड्गकड्ग बाट होम श्रीस क्रिष्ण श्रीस .कोरीया बाट टोपबहादुर थापा मगर ,कटार गुल्मीहरू ,बेल्जियम बलराम पुन ,यु.एस.ए बाट श्रिराम थापा,जापान बाट जापान बासी गुल्मीली हरू साँथै नेपाल का आफ्न्त हरू संग गरी सोचे भन्दाराम्रो सहयोग पाउदा अती सौभाग्य मानी ठानेको छौ।भन्दै सबै परोपकारी पुन्य दानबिरहरू हरू मेरी श्रीमतीको तर्फ बिषेस गुल्मी जिल्ला समाज युके का अध्यक्ष राम गलामी जि लगाएंत सम्पुर्ण सहयेगी दाता सदस्य हरू लाई र मगर संग युके का सहयेगी शुभचिन्तक परोपकीरी मन मतू सबै सदस्य हरूमा क्रित्गेता को साथ आभार प्रकट गर्दँछु भन्नु भयो।आज मेरी श्रीमती को दोस्रो जन्म गराउन लागी किड्नी तास्पलान अप्रेँशन सफल भएको केही छ केही महीना पछी राम्रो हुनेमा ठुलो आसामा छु भन्नु भयो।

Share This:

गुल्मी जिल्ला समाजमा चयन भयो सर्वसम्मत कार्यसमिति

लण्डन । गुल्मी जिल्ला समाज यूकेले राम गलामीको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा सम्पन्न पांचौं अधिवेसनले सर्वसम्मत नयां कार्यसमिति घोषणा गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टोप पल्ली,  राजन खरेल र फडिन्द्र भट्टराई चयन भएका छन भने महासचिवमा शिव भण्डारी चुनिएका छन । त्यस्तै सचिवमा वीर बलाल, कोषाध्यक्षमा तारानाथ भण्डारी र सहकोषाध्यक्षमा राम सापकोटालाई चयन गरिएको छ ।

 

कार्यसमितिका सदस्यहरुमा मञ्जु खरेल, मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, विष्णु ज्ञवाली, बरुण भण्डारी, टिकाराम थापा, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी छन ।
अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित सबै सदस्यहरुका लागि यसअघि नै निर्विरोध भइसकेको भएपनि ३ जना उपाध्यक्षमा ५ र १ सचिवमा २ जनाको उम्मेदवारी अन्तिम समयसम्म कायम थियो ।

 

अधिवेसन सुरु हुनुअघि अअधिवेसनस्थलमै समाजका सल्लाहकार, सबै उम्मेदवार र निर्वाचन समितिका अधिकारीहरुबीच छलफल गरेर सहमति बनाइएको थियो । सहमतिका लागि उपाध्यक्षका उम्मेदवारहरु मतिप्रसाद पुन र राम सापकोटा तथा सचिव उम्मेदवार मञ्जु खरेलले आ आफनो उम्मेदवारी फिर्ता गराएका थिए ।
मीन दर्लामीको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयां कार्यसमितिको घोषणा गरेको थियो ।
यसअघि अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न अधिवेसनमा महासचिव राम गलामीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टोप पल्लीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

समाजका उपाध्यक्ष विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार बालजंग अर्यालले मन्तव्य राखेका थिए । त्यसक्रममा उपाध्यक्ष केशव भण्डारीले विधान संसोधनका लागि अघि सारेका केहि प्रस्तावहरु पनि अधिवेसनले पारित गरेको छ ।

सन् २००७ मा स्थापित गुल्मी जिल्ला समाजले त्यसयता नियमित विभिन्न परोपकारी कामहरु गर्दै आएको समाज यूकेको नेपाली समुदायमा उदाहरणीय मानिन्छ ।

 

Share This:

Like us to get updated
error: Content is protected !!