Search

यस्तो देखियो बेलायतको गुल्मेली भेलामा बैकुण्ठ महत र सुशिला गौतमको धमाका (फोटो फिचर सहित)

यस्तो देखियो बेलायतको गुल्मेली भेलामा बैकुण्ठ महत र सुशिला गौतमको धमाका (फोटो फिचर सहित)

लन्डन, अगस्त ०६ । बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार अल्डरसटको कनर्ट स्कुलमा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारद्वय बैकुण्ठ महत र शुशिला गौतम सहित नौमती बाजाको बिशेष प्रस्तुती रहेको थियो ।

समाजका सँस्थापक अध्यक्ष ओम प्रसाद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष राम गलामीले गरेका थिए । कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव शिव भण्डारीले गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सन्चालन मन्जु भण्डारी खरेलले गरेकी थिईन् । कार्यक्रममा सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफिङ, उपाध्यक्षद्वय टोप पल्ली र फडिन्द्र भट्टराईले स्वागत मन्तव्य र निवर्तमान अध्यक्ष अर्जुन गौतमले मन्तव्य राखेका थिए ।

एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी र नेपाल पत्रकार महासंघ अध्यक्ष नरेश खपांगी मगरले पनि गुल्मी जिल्ला समाजको कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए ।

प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजले बेलायतभर छरिएर रहेका गुल्मेलिहरुलाई एकताको डोरिमा बाँध्न सफल भएको र परदेशमा रहेर पनि गुल्मेलिहरुले आफ्नो गाउँठाउँ र समग्र जिल्लाको बिकासको लागि ईट्टा थप्ने काम गर्न कुरामा हातेमालो गर्ने सबै गुल्मेलीहरुलाई धन्यवाद ब्याक्त गरे । साथै उनले समाजले नेपाली मौलिक कला संस्कृतिहरु संरक्षण गर्न ठुलो भूमिका खेलेको पनि प्रष्ट पारे ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा बस्ने गुल्मेलीहरुबीचको एकता र सद्भाव अत्यन्तै प्रशंसनीय रहेको जुन बेलायतमा रहेका अन्य संघसँस्थाहरुको लागि पनि उदाहरण बनेको भन्दै प्रशंसा गरेका थिए ।


लण्डनका अलावा बेलायतका बिभिन्न शहरहरुबाट झन्डै १ हजार २ सय जनाले उपस्थिती जनाएको कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारको अलावा प्रथम गुल्मेली नौमती बाजा, मौलिक सालैजो झ्याउरे, परम्परागत तीज गीतको नाचहरुले भेलालाई सांस्कृतिक मेलाको रुपमा परिणत गरिदिएको थियो ।

कार्यक्रममा बेलायतमा बस्दै आएका गुल्मी तुराङका रबी अर्यालको पुस्तक “थेम्स डायरी”को पनि औपचारिक बिमोचन गरिएको थियो । संस्थाका सँस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार ओम प्रसाद थापा, अध्यक्ष राम गलामी, उपाध्यक्ष तथा एनआरएन युकेका महासचिब फडिन्द्र भट्टराई, राष्ट्रिय कलाकारहरु बैकुण्ठ महत, शुसिला गौतम, नेपाल पत्रकार संंघ बेलायत शाखाका सँस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका बेलायत सम्बाददाता नबिन पोखरेल, संघका उपाध्यक्ष तथा पत्रकार ध्रुब अर्याल, शिव भण्डारी र गुल्मीन्युज डट कमका सन्जु काउछाले संयुक्त रुपमा उपन्यासको बिमोचन गरेका थिए ।

सोहि अवसरमा गुल्मीन्युज डटकमका संस्थापक/संचालक सञ्जु काउछाका साथै नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारीलाई पनि समाजका तर्फबाट संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष राम गलामीले खादा र प्रशंसापत्रले सम्मान गरेका थिए ।

Related posts