Search

गुल्मी जिल्ला समाज यूकेद्वारा आशा र रेडक्रसलाई ७ लाख सहयोग हस्तान्तरण

गुल्मी जिल्ला समाज यूकेद्वारा आशा र रेडक्रसलाई ७ लाख सहयोग हस्तान्तरण

१० बैशाख, गुल्मी । गुल्मीका २ संस्थालाई प्रबासी नेपालीले ७ लाख बढी आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमका बिच शान्तिपुर गुल्मीमा तम्घासमा रहेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र र शान्तिपुर रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखालाई गुल्मी जिल्ला यूके समाजले सहयोग गरेको हो ।

समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख, आशा अपाङ्ग केन्द्र रु १ लाख गरेका हुन् । गुल्मी जिल्लाका बिभिन्न स्थानबाट बेलायतमा रहेका नेपालीहरुले जिल्ला जिल्ला यूके समाज स्थापना गरेर गुल्मीका पत्रकार जनार्दन घिमिरेको पत्नीको उपचारार्थ रु १ लाख सहयोग समेत गरिएको छ ।

यसै बीच गुल्मी जिल्ला समाज युके र प्रथम नौमती बाजा गुल्मी युकेले आफ्नो जन्म भुमी ग्रिह जिल्लामा बार्षिक रूपमा सहयोग गर्दै आएकोमा यस बर्ष पनी सस्थाका अध्यक्ष राम गलामी, नौमती बाजा गुल्मी युके समुहका प्रमुख सयोजक तथा गुल्मी समाज युकेका सस्थापक अध्यक्ष हाल सल्लाहकार को संयुक्त निर्देशनमा सल्लाकार  बालजंग अरियालको बाहुलीबाट आशा अपाङ्ग केन्द्रलाई रु ७० हजार ७ सय ७७ रुपौँया सहयोग गरेका हुन् ।

सहयोग रकम गुल्मी जिल्ला यूके समाजका संस्थापक एबं सल्लाहाकार बालजंग अर्याल,सदस्य शोभा खरेल,शान्तिपुर गाउँपालिका प्रमुख दोर्ण खत्रीले रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापा, आशा अपाङ्ग केन्द्र उपाध्यक्ष गंगा रायमाझीलाई चेक हस्तातरण गरेका हुन् । सोहि कार्यक्रममै समाजका संस्थापक एबं सल्लाहाकार बालजंग अर्यालले आफनो ब्यक्तिगत तर्फबाट रेडक्रस उपशाखा शान्तिपुरलाई २५ हजार र आशा अपाङ्ग केन्द्रलाई २० हजार सहयोग गरेका थिए ।

सहयोग रकम हस्तातरण गर्दै चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण खत्रीले धन र मन हुने कमै हुन्छन् जस्ले सामाजिक काममा उठाएको हातलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिए । उनले प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनिय काम रहेको बताए । बिदेसमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले प्रवासीले नेपालीले धेरै ठुलो मद्दत पुर्याएको बताए । देशमा बस्ने भन्दा पनि देश बाहिर बस्ने नेपालीहरुमा सच्चा राष्ट्रभाव हुने प्रमुख खत्रीले बताए । समाजले असाय असक्तहरु गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना वढाएको बताए ।

रमक बुझदैँ आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपाङ्ग केन्द्रलाई निरन्तर सहयोग गर्दै आएको प्रति धन्यवाद दिएकी थिइन् । उनले समाजले आशा अपाङ्ग केन्द्रलाई निरन्तरको सहयोले गुल्मी जिल्ला यूके समाज र आखा अपाङ्ग केन्द्र बिच नङ्ग र मासु जस्तै सम्बन्ध रहेको बताइन् । यसैगरि सवैले अपांगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्या कमी नहुने बताइन् ।

उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा अझै परिवर्तन आउन नसकेको बताइन् । नयाँ बन्ने संरचनाहरुमा पनि अझैपनि अपाङ्ग मौत्री बातावरण बन्न नसकेको प्रति दुख ब्यक्त गरिन् । रकम बुझदैँ रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापाले समाजको तर्फबाट भएको सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए । उनले समाजको तर्फबाट यस अघिपनि २ लाख ५० हजार सहयोग भइसकेको बताए । प्राप्त सहयोग रकम भवन निर्माणमा खर्चिने बताए ।

अपांगहरुलाई दया र माया देखाएर मात्र हैन अवशर प्रदान गर्न सकेमा मात्र उनीहरुको वास्तविक न्याय हुने सायमाझीले बताइन् । आर्थिक रकम हस्तातरण गर्दै समाजका संस्थापक एबं सल्लाहाकार बालजंग अर्यालले गुल्मी जिल्लामा केहि गर्ने उदेश्यले बेलायतमा रहेका नेपालीहरुको आर्थिक रकम संकलन गरेर बिभिन्न समयमा आर्थिक सहयोग गर्दै आएको बताए ।

उनले जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक,असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले सन २००७ बमा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए । बेलायतमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि ब्यक्तिलाई परेको दुख कष्टलाई सानो सहयोगले मलम लगाउने उदेश्यले सहयोग गर्दै आएको बताए ।

उनले हाल सम्म जिल्लामा ४ वटा एम्बुलेन्स सहयोग गरि सकेको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सीङ्ग र खैरेनीमा एक्बुलेन्स सहयोग गरेर सञ्चालनमा छन् । समाजको तर्फबाट जिल्लामा आगोलागी, भुकम्प,वाढि पहिरो, बिभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजका सल्लाहाकार अर्यालको भनाई छ ।

आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी आफै दुबै खुट्टा नभएकी अपाङ्ग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जन टेवा पुर्याउने काम गर्दै आएकी छन् ।

Related posts