Search

बेलायतको गुल्मेली भेला ६ अगस्टमा, गाउँकै मेलाको झल्को हुने

बेलायतको गुल्मेली भेला ६ अगस्टमा, गाउँकै मेलाको झल्को हुने

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ ।

कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव बिर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार सहित कार्यसमितिका टिमहरु पनि सफल बनाउन जुटिरहेका छन्।यसै बीच स्थानीय अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टलाइ खान पिनको समग्र व्यवस्थापनको जिम्मा दिएको छ। खानपिनको जिम्मा पाएको भेटघाटले गत वर्ष उपलब्ध गराएको क्याटेरिंगले राम्रै प्रशंशा पाएको थियो । आशा गरौ यो वर्ष पनि अझ राम्रो प्रबन्ध मिलाउने छन् ।

कार्यक्रममा बारबीक्यू,भलिबल प्रतियोगिता,प्रथम नौमति बाजाको विशेष प्रस्तुति त्यस अवसरमा रहनेछन् । त्यसबाहेक कायृक्रममा अझ संगीतमय गुल्मेली बार्षिक मेलालाइ प्रस्तुति दिन नेपालबाट समेत राष्ट्रिय कलाकार गुल्मेली सन्तु थापा तथा रुपा घर्ति मगर आउने तयारीमा छन। युरोप बाट समेत दोहोरि गाएक बालाराम पुन सहित स्थानिय कलाकार सहभागी हुने छन् सोहि अवसरमा मौलिक गुल्मेली झयाउरे, ठाडो भाकासहित गुल्मेली भजन र नृत्यहरुको पनि विशेष प्रस्तुति रहने समाजका महसचिव शिव भण्डारीले जानकारी दिएका छन् ।

g1

यसै बीच बेलायतमा अति चर्चा पाएको गुल्मेली पर्थम नौमति बाजाको बिशेष प्रसुतीको धुनमा बिधिबत रुपमा संस्था स्थापनाको दशौ बार्सिकोत्सव पुरा भएको अवसर मा समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओम प्रसाद थापा तथा निर्वतमान अध्यक्ष अर्जुन गौतम लगायतले केक काटी कार्यक्रमको आरम्भ गरिने छ सांस्कृतिक कार्यक्रमको संचालन समाजकै प्रवक्ता मंजु खरेल भण्डारीको संयोजनमा कार्यसमितिकी मुना खरेल तथा तारा भट्टराई ले साथदिने छन् । औपचारिक कार्यक्रम भासन आसन भन्दा पनि छोटो र छरितो धेरै भन्दा धरै मनोरंजनरुपमा फरक तरिकाले गरिने तयारी र व्यवस्थापनबारे गत आइतबार समाजले अल्डरसटमा छलफल गरेको छ।

कार्यक्रममा लण्डन सहित लेस्टर, बर्मिगहम, स्कटल्याण्ड लगायत बेलायतका विभिन्न भेगबाट हजार बढि गुल्मेलीहरु भेला हुन्छन् । कार्यक्रममा सहभागिताका लागि बेलायतबासी सम्पुर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुलाई समाजका अध्यक्ष राम गलामीले आव्हान गरेका छन् ।

मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रम दिनभर र साझ ७ बजे सम्म चल्नेछ । कार्यक्रममा सहभागी हुन १३ पाउण्डको टिकट छ भने ६ वर्ष देखि १२ वर्ष सम्मका लागि ७ पौण्ड मात्र सुल्क राखिएको छ । कार्यक्रम लाइ अझ पर्भाबकारी बनाउन आगन्तुक पाहुना हरुलाई स्वगतको लागि समाजका उपाध्यक्ष फडिन्द्र भट्टराई एबं राजन खरेलको संयोजन रहने छ भने कार्यक्रम हुने मुख्य प्रबेशमा टिकट व्यवस्थापनमा क्रमश कोषाध्यक्ष तारानाथ भण्डारीको संयोजनमा सह कोषाध्यक्ष राम सापकोटा एबम सल्लाहाकार गोकर्ण बस्नेत तथा कार्यसमिति सदस्य राजु मल्ल लगायतले समाल्ने छन् । कार्यक्रमलाइ देश विदेश सम्म मल्टिमिडियाको प्रयोग गरि लाइभ प्रसारणको लागि लन्डन नेपाल न्यूज डटकमले कभर गर्ने छ ।

समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरंजन र आपसी भेटघाटका हिसाबले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा बिशेष रुपमा हेर्ने गरिन्छ । सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ ।

Related posts