Daily Archives: 10th May 2017

गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न

साउथ ईस्ट लण्डनको चार्ल्टनस्थित चार्ल्टन एथ्लेटिक क्लबको सभाहलमा झण्डै ६ दर्जनको सहभागितामा सधाारणसभा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजको भावी कार्यदिशा, विधान संशोधन र परिमार्जन लगायतका विषयमा व्यापक छलफल गरियो ।

विधान समितिका संयोजक तथा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराई र सल्लाहकार केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा सहहभागीहरुले आ आफ्ना धारणा राखेका थिए ।

साधारणसभालाई सल्लाहकार बालजंग अर्याल, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्ष अर्जुन गौतमले पनि सम्बोधन गरेका थिए । त्यसअघि उपाध्यक्ष राजन खरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गरेका थिए ।

साधारणसभामा महासचिव शिव भण्डारीको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारानाथ भण्डारीको आर्थिक प्रतिवेदन पनि छलफलसहित पारित गरियो ।

त्यसअवसरमा बेलायत भ्रमणमा आएका लोकदोहोरी गायक राजु ढकाललाई समाजका तर्फबाट खादा ओढाएर सम्मान गरियो । गायक ढकालले गीत प्रस्तुत गरेर मनोरञ्जन समेत गराए ।साधारणसभामा कार्यसमितिका अधिकांश पदाधिकारी, सदस्यहरुका साथै सल्लाहकारहरु मोति भण्डारी, फत्त थापा, रण केसी, रोमनाथ पाण्डे, गोकर्ण बस्नेत, मिन दर्लामी, दासुराम पाण्डे, खड्क रेश्मी, चक्रबहादुर राना लगायतको पनि उपस्थिति थियो ।

Share This:

Like us to get updated
error: Content is protected !!