Search

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिनर डिसेम्बर ३ मा, भब्य तयारी हुदै

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिनर डिसेम्बर ३ मा, भब्य तयारी हुदै

लण्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम यस वर्ष डिसेम्बर ३ तारिख आइतबारका दिन भब्य रुपमा हुने तयारी हुदैछ ।

विश्व अपांग दिवसको अवसरमा गरिन लागेको यो कार्यक्रम बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना हुंदैछ।

यसै बीच बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी पहिलो पटक गुल्मेली कार्यक्रममा प्रमुख अथिति रहने जानकारी छ ।

तस्बिर गत वर्ष को

कार्यक्रममा समाजको निमन्त्रणामा बेलायत आएका लोकदोहोरी गायक सन्तु थापा, गायिका रुपा घर्ती मगर र प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । साथमा स्थानीय कलाकारले पनि विभिन्न प्रस्तुति देखाउनेछन् ।

नेपालमा विभिन्न सामाजिक कामहरु गर्ने उद्धेश्यले समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ । समाजका अध्यक्ष राम गलामीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट गुल्मीको शान्तिपुरस्थित रेडक्रस र तम्घासको आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ ।

कार्यक्रममा सहभागी हुन अल्डरसट, रेडिङ क्षेत्र तथा साउथ ईस्ट लण्डन क्षेत्रबाट छुट्टाछुट्टै बस नै रिजर्भ गरेर जाने तयारी छ ।

कार्यक्रमका संयोजक राजन खरेल स्थनीय संयोजक कृष्ण ढकाल सहित मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरुको संयोजनमा कार्यक्रम आयोजना हुंदैछ। कार्यक्रममा सहभागी हुन अल्डरसट, रेडिङ क्षेत्र तथा साउथ ईस्ट लण्डन क्षेत्रबाट छुट्टाछुट्टै बस नै रिजर्भ गरेर जाने तयारी छ ।

समाजले यस पटक भने लन्डन भन्दा बाहिर गुल्मेलीहरुको बाक्लो बसोबास रहेको मिडल्याण्डमा कार्यक्रम गर्न लागेको हो। दिउंसो २ बजेबाट सुरु हुने सो कार्यक्रममा सहभागितको लागि १५ पाउण्डको टिकट राखिएको छ । 

समाजले गुल्मीसहित नेपालका विभिन्न ठाउंमा अपांग, अनाथ, असाहय तथा विकट क्षेत्रका समुदायका लागि विभिन्न परोपकारी कार्यहरु गर्दै आएको छ ।

Related posts